महन्थ ठाकुरलाई अब जसपामा कुनै स्थान छैन : रेणु यादव

जगत ठाडा मगर
२०७८ साउन ११ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । जनता समाजवाद पार्टी (जसपा) को उपेन्द्र यादव पक्षकी सांसद तथा कार्यकारिणी समिति सदस्य रेणु यादवले अब महन्थ ठाकुरलाई पार्टीमा कुनै स्थान नरहेको प्रतिक्रिया दिएकी छिन् ।
आयोग परिसरमा उपेन्द्र यादवको पक्षमा हस्ताक्षर सनाखत गरेकी रेणु यादवले आफूहरूको पक्षमा बहुमत देखिएकाले अब महन्थ ठाकुरको पार्टीमा कुनै स्थान नरहेको बताइन् ।
‘अब महन्थ ठाकुर जसपामा हुनुहुन्न, उहाँलाई अध्यक्ष मान्ने कुरै आउँदैन’, यादवले भनिन्, ‘आत्मालोचना गरेर पार्टीभित्र आउन चाहनु हुन्छ भने पनि अब पार्टीम कुनै स्थान नरहेको बताइन् ।’






















