मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

एसईई परिक्षा बुढिनन्दामा ८३.६ प्रतिशत विद्यार्थी उत्तिर्ण

उमेश रोकाया
२०८२ असार १७ | बिहान ०१:०३ बजे

‎बाजुरा , असार १७ । बुढिनन्दा नगरपालिकामा एस.ई.ई. परिक्षामा ८३ प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन् । नगरपालिकाबाट एसईईमा सम्मेलित मध्ये ८३ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । ५ वटा विद्यालयका २ सय ८ मध्ये एक सय ७३ जना विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाले जनाएको छ ।

एसईईमा सबैभन्दा उत्कृष्ट नतिजा नन्देश्वरी माविको देखिएको छ । सो विद्यालयबाट १२ जना विद्यार्थी सम्मेलित भएका थिए भने १२ जना नै उत्तीर्ण भएर शत प्रतिशत नतिजा हासिल गरेको छ । त्यस्तै बाँधु माविमा ३७ जना मध्ये ३४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

जनप्रकाश माविमा ८१ जना मध्ये ६१ जना उत्र्तीण भएका छन् भने २ जना सहभागी नभएको जनाएको छ । त्यसैगरी, देवलडाँडा माविमा २५ मध्ये २३ जना उत्तीर्ण भएका छन् भने सत्य माविमा ५१ मध्ये ४३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

‎नगर प्रमुख जनक बोहराले शैक्षिक क्षेत्रमा लगानी अनुसार अझै लक्ष्यमा पुग्न नसकेको भन्दै नतिजामा सुधार हुदैँ गएकाले यसमा सबैको साझा संकल्प आवश्यक रहेको बताउनुभएको छ ।

कमेन्टहरु