मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

सुनौलो हजार दिनकी आमाहरूलाई चर्पी निर्माणका सामाग्री सहयोग

उमेश रोकाया
२०८२ असार १७ | बिहान १२:०३ बजे

बाजुरा , असार १७ । बाजुरा जिल्ला हिमाली गाउँपालिका – ५ कियुडी गाउँका सुनौलो हजार दिनकी आमाहरूलाई चर्पी निर्माणका लागि सामाग्री सहयोग गरिएको छ । पोषण मुक्त वडा कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनकी आमाहरूलाई पोषण सम्बन्धि विभिन्न अभिमुखिकरण कार्यक्रम संगै सरसफाइ र जनचेतनामूलक जस्ता कार्यक्रम गरिएको थियोे ।

वडा नम्बर ५ रुगिन सबै ठाउँमा पोषण मुक्त कार्यक्रम गरिको हो । सुनौलो हजार दिनकी आमाहरूलाई फोहोर फाल्ने डसमिन र फिल्टर दिने व्यवस्था थियो । जब कार्यक्रम गर्दा गर्दै , गाउँमा जताततै खुल्ला दिसा गरेको देख्दा धेरैको घरमा चर्पी नभएको भेटिएको हुँदा फिल्टर र डसमिन दिनुभन्दा दिसा मुक्त गराउन केही उपलब्ध गर्न सकिन्छ कि भन्ने हिसाबले चर्पी बनाउन चाहिने सामाग्री दिएको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक गोबिन्द बोगटीले बताउनुभयो ।

फोहोर मलाई (डसमिन) र फिल्टर दिने कार्यक्रमलाई मर्ज गरेर त्यसमा हिमाली गाउँपालिकाले नि:शुल्क कियुडी गाउँकि सुनौलो हजार दिनकी आमाहरूलाई प्रत्येक एक जनालाई ३ वटा जस्तापाता २ बोरा सिमेन्ट, पेन सेट र पाइप सहित बाहिर चाहिने आवश्यक सामाग्री ५० घरपरिवारलाई सहयोग गरिएको छ । चर्पीको सामाग्री गाउँकि आमाहरू उपलब्ध भएपछि खुशी भएका छन । अहिले गाउँमा चर्पी बनाउन काममा लागिएका वडा अध्यक्ष प्रदिप बुढथापाले बताएका छन ।‎

कमेन्टहरु