परासीबाट लागुऔषधसहित दुईजना पक्राउ

नवलपुर टुडे
२०८२ असार १६ | मध्यान्ह ०८:०३ बजे

नवलपरासी । पश्चिम नवलपरासीमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेमा रामग्राम नगरपालिका- १ सहुवाटिकर बस्ने बर्ह ३७ की यमकला कोहार र रामग्राम नगरपालिका- ७ उजैनी बस्ने बर्ष १८ को विशाल चौधरी रहेका छन ।
प्रहरीले उनीहरुलाई कोहारको घरमा लागुऔषध कारोबार भैईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय परासीबाट खटिगएको प्रहरी टोलीले यमकला कोहारले विशाल चौधरीलाई डाईजेमा २ एमएल लेखेको १३ एम्पुल, फेनरागन २ एमएल लेखेको १३ एम्पुल, र बुप्रिनोफिर्न २ एमएल लेखेको १३ एम्पुल बेचबिखन गरिरहेको अवस्थामा फेला पारी रिटपुर्वक बरामद गरी दुबै जनालाई पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिएको छ ।
उनीहरुलाई नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको पन्तले बताए ।























