मन्त्रिपरिषद्को बैठक आज तीन बजेलाई बोलाइयो

जगत ठाडा मगर
२०७८ साउन ११ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बोलाइएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाही बारे छलफल सहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन ।
आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।























