देश

जसपाका नेताहरु निर्वाचन आयोगमा, हेड काउन्ट’ को निर्णयप्रति ठाकुर पक्ष असन्तुष्ट

जगत ठाडा मगर
२०७८ साउन ११ | मध्यान्ह १२:०४ बजे

काठमाडौ । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’ को निर्णयअनुसार दुबै पक्षका कार्यकारिणी समितिका सदस्यहरु निर्वाचन आयोगमा पुग्न थालेका छन् ।

सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् ।

आयोगमा जानुअघि ठाकुर पक्षको सोमबार बिहान बबर महलमा बैठक बसेको थियो । सो बैठकले हेड काउन्टबारे आयोगले गरेको निर्णयको बिरोध गरेको छ । उनीहरुले यसविरुद्ध आयोगमा निवेदन दिने भनिएपनि ठोस निर्णय भने भएको छैन ।

कमेन्टहरु