नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित, विपिनको ६ विकेट

नवलपुर टुडे
२०८२ असार १५ | मध्यान्ह ०१:०३ बजे

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन अन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्यो । ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्यो ।
नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए । पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए । यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।


















