खेलकुद

स्कुल टु ओलम्पिक कार्यक्रम समापनको अवसरमा सौराहामा वाकाथन

नवलपुर टुडे
२०८२ असार १५ | बिहान ०७:०३ बजे
सौराहा । स्कुल टु ओलम्पिक कार्यक्रमको समापनको अवसरमा आज बिहान वाकाथन भएको छ । आज बिहान चितवनको सौराहामा वाकाथन भएको हो । 
photo 2025 06 29 07 48 05

वाकाथनमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन, खेलाडी, विभिन्न खेलकुद संघ संस्थाका प्रतिनिधि, खेलकर्मी, खेल पत्रकार तथा स्थानीयको सहभागिता रहेको थियो । 

photo 2025 06 29 07 48 08

सौराहाको हात्तीचोकबाट रिभर साइडसम्म वाकाथन भएको थियो । प्रदेश खेलकुद परिषद्को आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिक कार्यक्रम समापन कार्यक्रम आज दिउँसो ४ बजे सौराहाको पार्क सफारीमा हुँदैछ । 

सोही अवसरमा आज चौथो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम हुँदैछ । कार्यक्रममा नेपालबाट ओलम्पिकमा सहभागी ओलम्पियनहरुको उपस्थिति रहनेछ । नेपालमा सन् १९६४ देखि २०२४ सम्म एक सय चार जना ओलम्पियनहरु रहेका छन् ।       
नेपाल ओलम्पियन्स संघले कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु गरेको थियो । 

photo 2025 06 29 07 48 11

कमेन्टहरु