ठेकेदार मनोजकुमार भेटवाल काठमाडौंमा पक्राउ

नवलपुर टुडे
२०८२ असार १४ | बिहान ०९:०३ बजे

काठमाडौं । बैंकिङ कसुरमा ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको हो । राजकुमार बरालको जाहेरीका आधारमा भेटवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भेटवाललाई अनुसन्धानको सिलसिलामा १३ गते काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गररिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
भेटवालविरूद्ध तीन करोडको बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको छ । भेटवालको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो ।























