बुटवलको कालिका मानवज्ञान माविका ७ विद्यार्थीले ल्याए ४ जीपीए

नवलपुर टुडे
२०८२ असार १४ | बिहान ०९:०३ बजे

बुटवल, असार १४ । बुटवलको कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् ।
परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए ।
सुदर्शन न्यौपाने, अस्मिना पराजुली, प्रशंसा पराजुली, आशिष केसी, प्रतिक पौडेल, स्वरूप न्यौपाने, सुजन बाह्रघरे र राम शर्माले चार जीपीए ल्याएका हुन् ।
त्यस्तै ३.६० देखि माथि २११, ३.२० देखि ३.६० सम्म २४५, २.८० देखि ३.२० सम्म १०३, २.४० देखि २.८० सम्म २६ जना र २.०० देखि २.४० सम्म २ जना ग्रेडेड भएको प्रअ थापाको भनाइ छ । कालिका देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय हो ।
कालिकामा अहिले सेक्टर वान र सेन्टर टुमा गरेर ८ हजार विद्यार्थी अध्ययनरत छन् ।























