देश

पश्चिम नवलपरासीको सदरमुकामकाे बाटाे नबन्दा स्थानीयलाई सास्ती

जगत ठाडा मगर
२०७८ साउन ११ | बिहान ०९:०४ बजे

सुरेश यादव
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीकाे बाटो बिगत ६ वर्ष देखि नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।

photo 2021 07 26 09 47 57 photo 2021 07 26 09 47 54

रामग्राम नगरपालिका वडा नं २ झरही पुल देखि रामग्राम नगरपालिका वडा नं १० मन्झरिया चाेक सम्मकाे बाटाे दुई लेनकाे बिस्तार गर्ने वि.सं. २०६८ सालमा टेन्डर पास भएकाे र पुरानो बाटाे वि.सं. २०७२ सालमा भट्काईएकाे थियाे ।

पटक पटक स्थानीयले ध्यानाकर्षण गर्दा पनि स्थानीय सरकार, प्रदेश सांसद र केन्द्र सांसद लगायत कसैले यसप्रति ध्यान नदिएकाे स्थानीयहरुले दाबी गरेका छन् ।

स्थानीय पसल व्यवसायी गर्नेहरुले पनि सास्ती खेप्नु परेको एक व्यवसायीले बताएका छन् भने पसल व्यवसायीले पसल खाेल्न पाएपनि धुलाेकाे कारणले सबै समान फाेहाेर हुने गरेकाे व्यवसायीको भनाई रहेकाे छ ।

कमेन्टहरु