बेटी बचाऊ बेटी पढाऊ कार्यक्रमले निरन्तरता, कक्षा ८ मा अध्यनरत ४३ बालिका विद्यार्थीलाई साइकल वितरण


बिनोद मण्डल
सिरहा । प्रदेश नम्बर २ मा मुख्यमन्त्री कार्यालय अन्तरगत बेटी बचाऊ बेटी पढाऊ कार्यक्रमले निरन्तरता दिएको छ । कार्यक्रम अन्तर्गत साइकल वितरण कार्यक्रम गरिएको छ ।

सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकटी ७ हाल धनगढीमाई १२ को श्री तुल्सी राम सत्य भामा माध्यमिक विद्यालयमा प्रदेश नं २ मुख्य मन्त्री कार्यालय अन्तर्गत बेटी बचाऊ बेटी पढाऊ कार्यक्रम अन्तर्गत यस विद्यालयको कक्षा ८ मा अध्यनरत ४३ बालिका विद्यार्थीलाई साइकल वितरण गरिएको स्थानिय समाजसेवी तथा जसपाका नेता देवराज श्रेष्ठले जानकारी गराउनु भएको छ ।
आईतबार विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानिय जनप्रतिनिधि लगायत वडा अध्यक्ष राजु श्रेष्ठसमेत उपस्थित भई साइकल वितरण गरिएको हो ।
विद्यार्थीलाई साइकल वितरण कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विद्यालयका प्रधानाध्यापक बलराम भक्त श्रेष्ठले जानकारी दिनुभयो ।























