मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

नागरिक सहभागिता निति सम्बन्धि अन्तरक्रिया सम्पन्न

उमेश रोकाया
२०८२ असार १२ | मध्यान्ह ०४:०३ बजे

राजेन्द्र विक
बाजुरा, असार १२ । बाजुराको बडिमालिका नगरपालिकामा नागरिक सहभागिता नीति सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। युरोपियन युनियन,संयुक्त राष्ट्रसङ्घको सहकार्य,सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालको आयोजना तथा बडिमालिका नगरपालिकाको समन्वयमा एकदिने नागरिक सहभागिता नीति सम्बन्धी छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो।

निर्णायक गतिबिधिमा नागरिकको सहभागीता नीति बारे छलफल गरिएको अन्तरक्रियामा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का,उपप्रमुख नन्दा थापा, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य , बिषयगत शाखाका प्रमुख एवम् प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता रहेको थियो।अन्तरक्रिया कार्यक्रमको सहजीकरण अधिवक्ता तथा स्थानीय तहका विज्ञ झंकर कुँवरले गर्नुभएको थियो।

अन्तरक्रियाका क्रममा नागरिक सहभागिता नीति सम्बन्धी सहभागिलाइ जानकारी गराउनुका साथै सहभागी बाट प्राप्त आवश्यक सल्लाह,सुझावहरू बारे छलफल भएको निड्स नेपालका कार्यक्रम प्रबन्धक मीन शाहिले बताउनुभयो। कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख अमर खड्काले मस्यौदाको आवश्यक अध्ययन गरी तुरुन्तै कार्यपालिकाबाट पारित गर्ने गरि अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

सो अवसरमा बडीमालिका नगरपालिकाको मस्यौदा निड्स नेपालका कार्यक्रम प्रबन्धक मिन शाहीले नगर प्रमुख खड्कालाइ हस्तान्तरण गर्नु भएको थियो। साथै अन्तरक्रिया कार्यक्रममा बालमैत्री स्थानीय शासन सम्बन्धी छलफल कार्यक्रम समेत गरिएको थियो ।भने बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का अध्यक्ष रहने गरि बालमैत्री स्थानीय शासन नगर समिति गठन भएको निड्स नेपालकि फिल्ड सहजकर्ता रामदेवी कटुवालले जानकारी दिनुभयो।

त्यसैगरी उक्त छलफलमा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि कार्यदलको गठन गर्ने निर्णय संगै बालमैत्री स्थानीय शासन फोकल व्यक्तिको रूपमा कल्याण अधिकारीलाई छनोट गरिएको छ। साथै सामाजिक विकास समितिका संयोजक डम्बर महतको अध्यक्षतामा कार्यदल गठन गरिएको निड्स नेपालका कार्यक्रम प्रबन्धक मीन शाहिले बताउनुभयो ।

कमेन्टहरु