कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

सामुहिक पशुपालनको अभ्यासमा त्रिवेणीका कृषक

उमेश रोकाया
२०८२ असार १२ | मध्यान्ह ०३:०३ बजे

राजेन्द्र विक
बाजुरा, असार १२ । बाजुराको त्रिवेणी नगरपालिकाका कृषकहरू सामुहिक पशुपालनको अभ्यासमा लागेका छन्।उत्पादन संग जोडिने र गाउँमै स्वरोजगार बन्ने उदेश्य सहित त्रिवेणि नगरपालिका वडा नम्बर १,२,३ ४ र ६ नम्बर वडाका स्थानिय कृषक फर्मनै दर्ता गरेर सामुहिक पशुपालन ब्यबसायमा लागेका हुन्।

भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले अनुदानका कार्यक्रम मार्फत कृषकलाइ ब्यबसायिक बनाउने योजना लागू गरेपछी कुखुरा पालन र भैंसिपालनमा सामुहिक व्यावसायिक अभ्यास शुरु गरिएको विशेष कृषी तथा पशुपालन समुह त्रिवेणि-४का अध्यक्ष तुले अयडिले बताउनुभयो ।

अध्यक्ष अयडिका अनुसार हाल बिशेष कृषि तथा पशुपालन समुहले सामुहिक भैँसीपालन शुरु गरि दूध,दहि,महि,र घिउ बजारीकरण गरि आम्दानी गर्न शुरु गरिसकेको छ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराको ९ लाख ९० हजार अनुदान र विशेष कृषि तथा पशुपालन समूहको २ लाख ७७ हजार श्रमदान सहित १२ लाख ६७ हजार रूपैयाँको लगानीमा शिवधाम गाग्राका ११ जना स्थानीय कृषकले भैंसीपालन शुरू गरि सामुहिक उत्पादनमा जोडिने अभ्यासको शुरुवात गरिएको स्थानिय टेकराज गिरिले बताउनुभयो ।

सुधारिएको आधुनिक गोठमा पहिलो पटक ३ वटा भैंसी राखेर ब्यबसायको शुरूवात गर्दा मासिक ५० हजार भन्दा बढि आम्दानी हुने गरेको र थप उन्नत जातका भैंसी खरिद प्रक्रिया थालिको गिरिको भनाइ छ।सामुहिक भैंसी पालनलाइ आधुनिक तवर बाट संचालन गर्न सुधारिएको गोठ संगै घाँस काट्ने मेसिन,महि बनाउने मेसिन समेत राखिएको छ। सामुहिक भैंसि पालन संगै त्रिवेणिका अरु वडाहरुमा समेत सामुहीक ब्यबसायको शुरूवात गरिएको छ। लालिगुरांस महिला कृषक समूह मार्फत वडा नम्बर-३ मा सामुहिक कुखुरा पालन ब्यबसाय संचालनमा ल्याइएको छ।

२५ जना स्थानिय कृषकको सहभागितामा थालिएको उक्त सामुहिक व्यावसायिक कुखुरा पालनमा पहिलो पटक ल्याइएका करिब एक हजार चल्ला रोगका कारण मरेका र फेरि चल्ला ल्याउने र ब्यबसायलाइ थप बिस्तार गर्ने गरि तयारी थालिएको लालिगुरास महिला कृषक समुहकी अध्यक्ष हिउकला कुमारी साउद भण्डारिले बताउनुभयो।सो कृषि समुहमा समेत भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको १०लाख अनुदान सहयोग र स्वयंम कृषक समुहको करिब २ लाख लागत रहेको छ।आधुनिक खोर,दाना,भांडा सहित आवश्यक सामग्री खरिद गरिसकिएको छ। वडा नम्बर ३ मा मात्र भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको ८ लाख अनुदान सहयोगमा अरु २ वटा व्यावसायिक कुखुरा फर्महरु संचालनमा ल्याइएका छन्। सामुहिक भैंसी पालन र कुखुरा पालनको बुधबार एक औपचारिक कार्यक्रमका बिच त्रिवेणि नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा,उपप्रमुख कमला कुमारि जैशी न्यौपाने ,वडा नम्बर-४का अध्यक्ष गणेश साउद,वडा नम्बर-३का अध्यक्ष मिन बहादुर भण्डारी,भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशी लगायतले निरिक्षण गर्नुभएको छ।

निरिक्षणका क्रममा नगरप्रमुख कर्णबहादुर थापाले सामूहिक रूपमा व्यावसायिक भैँसीपालन र कुखुरा पालन त्रिवेणी नगरपालिकाको एउटा नयाँ उदाहरणीय अभ्यास भएकाले यसको थप विस्तारमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै यस्ता ब्यबसायले कृषकको आयआर्जनमा बढोत्तरी हुने र गाउँमै केही गर्न सकिन्छ भन्ने कुराको सकारात्मक सन्देश जाने भएकाले सामुहिक ब्यबसायको शुरूवात गरिएको प्रती कृषक र भेटेनरी अस्पताललाई नगर प्रमुख थापाले धन्यवाद समेत दिनुभयो ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशीले सुदूरपश्चिम प्रदेश सरकारको कृषि तथा पशुपालन प्रवर्द्धन गर्ने सोच र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराको कृषकलाइ सामुहिक ब्यबसायमा जोडि उत्पादन र आयआर्जन अभिबृद्धी गराई गाउँमै स्वरोजगार बनाउने उदेश्य अनुरुप संचालित यस्ता कार्यक्रमले गरिखाने किसानलाई सहज हुने भएकाले त्रिवेणिको लगानीले सार्थकता पाएको बताउनुभयो भयो।

सामुहिक ब्यबसायमा जोड्ने भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको जिल्लामै यो पहिलो प्रयास भएकाले काम गर्ने कृषकहरूका लागि यस्ता कार्यक्रमले निरन्तरता पाउने कार्यालय प्रमुख जैसिको भनाइ छ।

कमेन्टहरु