कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
मौरी व्यवसायीलाई आधुनिक घार सहित सामाग्री वितरण


बाजुरा , असार ११ । हिमाली गाउँपालिकाका मौरी व्यवसायीलाई आधुनिक घार सहित आवश्यक सामाग्री वितरण गरिएको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदान र कृषक ५० प्रतिशत आफ्नै लगानी अनुसार आधुनिक मौरी घार दिएको छ । कृषि बिकास शाखाको अनुसार ३७ जना कृषकहरुले सामाग्री पाउने भएपनि पालिका भन्दा टाढा रहेका वडा मध्य अहिले नजिकैका वडाका मौरी व्यवसायलाई सामाग्री हस्तान्तरण गरिएको छ ।
३७ जना मध्य अहिले १६ जना मौरी पालकहरुले आधुनिक घार सहित आवश्यक सामान पालिका द्वारा कृषकलाई बुझाएको छ । परम्परा मौरी पालन भन्दा नयाँ तरिकाले मौरी व्यवसाय गर्नका लागि आधुनिक घार, ब्रस, चक्कु, टोपी, रानी पिजडा, धुवाँ धानी र एप्रोन (एक जोड कपडा) सहित ७ वटा प्रत्येक एकएक सामान हस्तान्तरण गरिएको हिमाली गाउँपालिका कृषि बिकास शाखा प्रमुख टोपबहादुर शाहीले बताउनुभयो ।
“हामीले बचाउने भनेको मौरी पालन पर्छ । जब मौरी रहदैन, हामी पनि रहदैनौ ।” मान्छे र मौरी बिच नङ्ग र मासुको सम्बन्ध हुने रहिछ । मौरी पालन गर्दै आएको ७० वर्ष भयो, अहिले पहिलोपटक पुरा मौरी घार भन्दा नयाँ आधुनिक घार सहित सामाग्री पाउदा खुसी भएको मौरी व्यवसाय नरजित रावलले बताएका छ्न ।
मौरी पालन व्यवसाय रूपमा राम्रोसँग लाग्नु होस् । नाम, धाम र इजत पनि कमाउनु होस् । मौरी उधमी बन्नु भयो, भने गाउँपालिकाबाट गर्न सकिने सहयोगका लागि तयार भएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।























