मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमाली गाउँपालिका द्धारा ३९ करोड २७ लाख बजेट बिनियोजन


बाजुरा , असार ११ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका गाउँ सभाको १६ औं गाउँ अधिवेशन आर्थिक वर्ष २०८२/०८३ को ३९ करोड २७ लाख २७ हजार बजेट बिनियोजन गरिएको छ । पुँजीगत तर्फ खर्च १५ करोड ३३ लाख ८७ हजार रुपैयाँ र चालु तर्फ खर्च २३ करोड ३३ लाख ४० हजुर रुपैयाँ रहेकोे छ ।
संघिय सरकारबाट प्राप्त अनुदान वित्तिय समानिकरण तर्फ रु. ९ करोड ५० लाख, राजश्व वाँडफाँडबाट रु. ९ करोड ९३ लाख रुपैयाँ, समपुरक अनुदानबाट रु. १ करोड १९ लाख रुपैयाँ रहेकोे छ । संघीय विशेष तर्फको ५७ लाख, संघीय सरकारबाट प्राप्त हुने शसर्त चालु तर्फ १२ करोड ३९ लाख र संघीय सरकारबाट प्राप्त हुने शसर्त पुँजीगत तर्फ ४१ लाख रहेकोे गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।
प्रदेश सरकारबाट प्राप्त अनुदान वित्तिय समानिकरणबाट रु. ७५ लाख ३३ हजार, राजश्व वाँडफाँडबाट रु. ३१ लाख ४० हजार, समपुरक अनुदानबाट रु. १ करोड ८२ लाख, प्रदेश बिशेष तर्फको ५५ लाख रुपैयाँ गरेर जम्मा ३७ करोड २७ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । आन्तरिक आयको रुपमा कर तथा राजश्वबाट रु. ७० लाख रुपैयाँ र गत वर्षको अल्याबाट रु. १ करोड १४ लाख ५४ रुपैयाँ रहेकोे छ ।
हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपाध्यक्ष राजकला सार्की निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारी र वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, पालिका कर्मचारी, पत्रकारहरू तथा अन्य सरोकारवाला सहभागी थिए ।























