मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमाली गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत

उमेश रोकाया
२०८२ असार १० | बिहान १२:०३ बजे

बाजुरा, असार १० । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका गाउँ सभाको १६ औं गाउँ अधिवेशन आर्थिक वर्ष २०८२/०८२ निति तथा कार्यक्रम गाउँ सभाबाट प्रस्तुत गरिएको छ । “स्वास्थ, शिक्षा, जडिबुटी, पर्यटन र पुर्वाधार औधिकरण, सुशासन समृद्धि हिमालीको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिकामा १६ औं गाउँ अधिवेशन गरेको छ ।

उन्नत जातका पशु पालन गरि आत्मनिर्भर गरौं भन्ने नाराका साथ पशु जन्य उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने, प्रत्येक वडामा एक कृषि प्राविधिक राख्ने आवश्यक कार्य थालनी गरिनेछ । एक घर १० वटा ढाले गाँस करेसा बारी बहुउद्देश्यीय बगैंचा व्यवस्थापन गरिने छ ।

रानिसैन क्षेत्रमा पशु पालन सहयोग तथा स्वास्थ शिविर सञ्चालन गरिनेछ । चौरी प्रबर्द्धन कार्य सञ्चालन गरिने छ । पशुपन्छी तथा कृषि रोगका लागि नियन्त्रण गर्ने प्रयोगसाला गरिने छ । स्थानीय स्तर उत्पादन पारी गाउँमा सञ्चालन आइसकेको यसको बजारीकरण जोड दिइनेछ । सोही बस्तुलाई उत्पादन र प्रशोधनमा जोड दिइने छ । भोलि आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरिने भएको हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।

कमेन्टहरु