घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा खोलाले बेपत्ता बोहरा मृत फेला

उमेश रोकाया
२०८२ असार ९ | बिहान १०:०३ बजे

बाजुरा, असार ९ । रौदीगाड खोलाले बगाएर बेपत्ता भएका गौमुल गाउँपालिका ३ का निवर्तमान वडा सदस्य धनबहादुर बोहरा मृत फेला परेका छन् ।
आईतबार दिउँसो गाउँमै घट्टको पाथर तान्ने क्रममा एकाएक चिप्लिएर बोहरा नदीमा बेपत्ता भएका थिए । उनी करिब ४ किलोमिटर तल आँगरमा फेला परेको वडा अध्यक्ष गोरख बोहराले बताएका छन् ।
सोमबार बिहान ७ः२५ मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन् । अन्दाजी ४५ वर्षीया बोहरा बेपत्ता भएपछि स्थानीय, जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय गौमुलको टिम खोजी कार्य राखेको थियो ।























