देश

सामुदायिक विद्यालयमाथि संस्थागत विद्यालयद्धारा अदालतमा मुद्धा दायर

जगत ठाडा मगर
२०७८ साउन ११ | बिहान ०८:०४ बजे

बिनोद मण्डल
सिरहा । सामुदायिक विद्यालयमाथि संस्थागत विद्यालयद्धारा अदालतमा मुद्धा दायर गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका अन्तर्गत रहेका सामुदायिक अर्थात् सरकारी विद्यालयहरु कानुनको फन्दामा परेको छ । विश्वव्यापी महामारीले प्रत्यक्ष असर पारेको अवस्थामा संस्थागत विद्यालयका विद्यार्थीलाई कानुन विपरीत नामांकन गरी सञ्चालन गरेको भन्दै मुदा दायर गरिएको हो ।

School 22

नेपालको संविधानको धारा १४४ (१) (२) न्याय प्रशासन ऐन २०६३ को दफा (८)1 र मुलुकी देवानी सहिता २०७४ को दफा (२६)६ बमोजिम सम्मानित उच्च अदालत जनकपुर राजविराज इजलासको अधिकार क्षेत्र भित्र रहि निवेदन दर्ता गराएको हो ।

शिक्षा नियमावली २०५९ को नियम ६८(१) क, ख , ग (२)(३)(४)(५)(६) मा भएको प्रावधान विपरीत सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्ना गर्दा संस्थागत विद्यालयका विद्यार्थीहरुले विद्यालयलाई बुझाउनुपर्ने मासिक रकम नबुझाई विद्यालय छोडेकोले उच्च अदालत राजविराज जनकपुर धामको परमादेश आदेशले जिल्ला सिराहा धनगढीमाई नगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयहरुले सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गरिदियो भनी मुद्दा दायर गरेको छ ।

संस्थागत विद्यालयका तर्फबाट धनगढी माई १० स्थित विश्व शान्ति एकेडमी धनगढीका सञ्चालक तथा स्थानिय संस्थागत विद्यालय संगठनका ४७ वर्षिय अध्यक्ष राजन प्रसाद लुइँटेलले निषेधज्ञा मिश्रित परमादेश मुद्दा २०७८/३/२२ दायर गरेको छ । नगरभित्रका दुई दर्जन भन्दा बढी विद्यालय सामुदायिक सञ्चालित रहेको अवस्था छ ।

कमेन्टहरु