प्रधानमन्त्रीको निर्देशन : निर्मलाको हत्यारा चाँडो पत्ता लगाउनु

जगत ठाडा मगर
२०७८ साउन ११ | बिहान ०८:०४ बजे

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बालुवाटार बोलाएर निर्मला पन्त हत्याकाण्ड प्रकरणका दोषी चाँडो लगाएर कारबाही गर्न निर्देशन दिएका छन् ।
निर्मला हत्या प्रकरणको तीन वर्ष पूरा भएको छ । प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी पनि लिएका छन् ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु।
चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।























