मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामीकार्तिकमा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन


बाजुरा , असार ९ । स्वामीकार्तिक खापर गाउँपालिका आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका तर्जुमा गर्ने प्रयोजनका लागि सुझाव संकलन कार्यक्रम गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको पूर्वसन्ध्यामा रहेको गाउँपालिकाले नीति तथा कार्यक्रमका लागि आज सुझाव कार्यक्रमको आयोजन गरेको छ ।
गाउँपालिकाको सभामा भएको सुझाव संकलन कार्यमा गत वर्षको समिक्षा तथा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाका विषयमा छलफल गरिएको छ । सहभागिताले कार्यकर्ता मुखि नभएर दिगो विकासको योजना अघि सार्न जोड दिएका छन । विकासका लागि पक्षपात रहित व्यवहार गरी सबैको सहकार्यमा दिगो विकास गर्न र आम नागरिकलाई टेवा पुग्ने खालका नीति तथा कार्यक्रम र वजेट ल्याउने भएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायले बताउनुभयो ।
सहभागीले पक्ष र विपक्ष तथा पार्टी र विपार्टी नभनि सबैको सहकार्यमा नीति तथा कार्यक्रम आउनु पर्ने सोही अनुसारको बिकास हुनु पर्ने सुझाव दिएका छन । सहभागिले नागरिकको नजिकको सरकार मानिने स्थानीय सरकारले विकासमा विभेद गर्न नहुने सुझाव दिएका छ्न । सत्यलाई सत्य र असत्यलाई असत्य भन्न सक्नु पर्ने तर्फ गर्दै उनिहरुले असत्यका विरुद्ध आवाज उठाउन सबैको भुमिका महत्वपुर्ण रहेकोले सवैको सहकार्यमा अघि बढ्न जरुरी रहेको बताएका प्रबक्ता सिंह धामीले बताउनुभयो । सुझाव संकलनमा जनप्रतिनिधि राजनितीक दलका प्रतिनिधिहरुले सहभागिता रहेकोे छ ।























