पर्यटन, समाचार, समाज

इलामको पर्यटकीयस्थल झण्डीडाँडामा दुबो र वृक्षारोपण

नवलपुर टुडे
२०८२ असार ८ | बिहान ०८:०३ बजे

इलाम । इलामको रम्भ्याङस्थित चर्चित पर्यटकीयस्थल झण्डीडाँडामा गुराँस र चिया गोडमेल, सडक खण्डमा बाँस रोपण, खेल मैदानमा दुवो बिस्तार गरिएको छ।

j1रम्भ्याङ कृषि सहकारि संस्थाको आयोजनामा झण्डीडाँडामा रोपिएको गुराँस र चियाको विरूवाहरू गोडमेल सरसफाई गरिएको हो । झण्डी–धजे पर्यटन क्षेत्रमा गुराँस, चिया र शिरीषको बिरूवाहरू गोडमेल गरी मल समेत हालिएको सहकारिका अध्यक्ष निमाकुमार राईले बताए।

सोही अवसरमा धजे–मनकामना सडक खण्डमा बाँसको बिरुवा रोपण समेत गरिएको छ। यसैबीच, झण्डीडाँडास्थित रिनाहाङ सानो आहाल खेल मैदानमा गत साल रोपिएको दुबो गोलमेल तथा थप विस्तार कार्य समेत अघि बढाइएको छ।

कमेन्टहरु