कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमालीमा अनार खेती फस्टाउदै


बाजुरा , असार ६ । बाजुरा जिल्ला दुर्गम ठाउँमा अनार खेती गर्दै आएका छन । हिमाली गाउँपालिका – ४ लेबडीमा अनार खेती फस्टाउदै गरेको छ् । खाद्य वृक्षारोपण कार्यक्रम अन्तर्गत हिमाली गाउँपालिका र आफ्नो व्यक्तिगत लगानीमा अनार खेती सुरु गरिएको हो । पहिला बसाई गाउँमा थियो, पछि तल लेबडी सरि सकेपछि अनार लाग्छ भन्ने अनुभव भयो । त्यसपछि गाउँपालिका द्वारा वृक्षारोपण कार्यक्रम अन्तर्गत अनार खेती गर्दै आएको हिमाली गाउँपालिका – ४ का शेरबहादुर कार्कीले बताउनुभयो ।
खाद्य वृक्षारोपण कार्यक्रम अन्तर्गत २२ वटा बोट पालिकाले दिएको ७८ वटा बोट आफ्नो व्यक्तिगत लगानी गरेर १ सय वटा अनार बिरुवा लगाएको हो । अलि गरेर के गर्नु अलि बढी गरौं भन्ने हिसाबले अनार खेती गर्न लागिएको हो । २०७७ सालबाट अनार खेती सुरुवात गरिएको हो ।
गत सालमा ४० हजार बराबरको अनार बेचेर आमदानी भएको हो । उत्पादन धेरै भयो , बोटमा किरा लागेर समस्या भएको छ । जतिसुकै उत्पादन राम्रो हुँदै गएपनी किराको समस्याले क्षति धेरै पुर्याएको छ । आफ्नो मेहनत अनुसार फल फलिरहेको छ , तर त्यसमा आफुले पाएको छैनन् ।
फल लाग्छ , बोटबाट फल निकाल्दा सम्म मुसा र किराले नाश गरेर फल झर्ने गर्छ । अनार खेतिबाट पुर्ण रूपमा सन्तोष छैन तर मेहनत अनुसार ठिकै आमदानी भैरहेको छ । अहिले बारीमा ७५ वटा अनार बोट सक्रिय रूपमा फल लाग्ने गरेको छ ।
गतवर्ष भन्दा कम फल लागेको छ । समयमा पानी नपाउदा उत्पादन घट्दो अवस्था रहेकोे छ । साथमा कागती उत्पादन भैरहेको छ । बजारमा बिक्री नहुदा बारीमा लगाएको कागती बोट काटेर फालिएको छ । अनार खेती गर्दा सुरुदेखि अहिलेसम्म किरा लाग्ने रोगले ठुलो समस्या झेल्दै आएको कार्कीले बताउनुभयो ।
जिल्ला कृषि ज्ञान् केन्द्र बाजुरा र पालिका संग सहकार्य गर्दा यसको रोग निर्मुल हुने औषधि केही पनि छैन भन्ने गरेका छन । विषादी औषधि छर्नु भन्छन् , त्यसले अरु बोट बिरुवालाई असर गर्ने हुँदा अहिलेसम्म प्रयोग गरेको छैन । कार्कीले भने , “अनार खेती भएको राम्रो फर्ममा भ्रमण गर्न पाएको भए केही अनुभव सिक्ने अवसर मिल्ने थियो ।”
अरुको लगाएको देखेको भरमा आफुले अनार खेती सुरु गरेको हो । पालिकाले दिएको बिरुवा बाहेक अरु बोट आफै उमारेर लगाएको हो । करेसा बारी व्यवस्थापन गर्नका लागि घरेबार सहित सरकारी तथा गैरसरकारी संघ संस्थाले सहयोग गरिदिएको भयो राम्रो हुन्थ्यो । यहाँ उत्पादन कमि छैन , बिक्री गर्नका लागि बजारीकरण समस्या छैन । अनार फल किरा लाग्ने समस्या फल बोटमै झर्ने समस्या हुँदा पहिलोभन्दा अहिले जोस जागरुक घट्दै आएको छ ।























