अपराध, घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

भोटे जनजाती सेवा संघ बाजुरा द्वारा जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाए

उमेश रोकाया
२०८२ असार ५ | मध्यान्ह ०८:०३ बजे

बाजुरा , असार ५ । नेपाल भोटे जनजाती सेवा संघ बाजुरा द्वारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेपालभरि बसोबास गर्ने भोटेजातीहरुको हक हितको लागि २०५७ सालमा स्थापना भएको यस नेपाल भोटे जनजाती सेवा संघ केन्द्रीय कार्यालय बाजुराले हाल सम्म भोटे समूहदायको हक हितको लागि वकालत गर्दै आएको छ ।

यस जिल्लाको बुढीनन्दा नगरपालिका, बडीमालीका नगरपालिका र हिमाली गाउँपालिकामा भोटे समुदायहरु बसोबास गर्दछन् । जनसङ्ख्याको रुपमा करिव ६ हजारको सङ्ख्यामा रहेको यो समुदाय माथि बेला बेलामा राज्य तथा अन्य समुदायबाट विभेद पूर्ण व्यवहार गर्दै आएको छ ।

यसै अनुसार २०८२ साल जेठ २६ गते राती करिव १ बजे बुढीनन्दा नगरपालिका वडा ८ चाफरुखमा बस्ने तोप्नेत थापाको छोरो तिलक थापाले आफ्नो श्रीमति गिता साउद थापालाई सोही वडा वस्ने परपरूष अभिनास बोहरा संग अनैतिक शाररिक सम्बन्ध गरिरहेको अवस्थामा भेटेको हो । तिलक थापा एक्लै भएकोले आफ्नो बुवा बोलाएरको स्थानबाट फरार भई २०८२ साल जेठ २७ गतेको दिन सम्पर्ण जनजातिका भद्र भलादमी बसेर छलफल गर्दा कुनै पनि निष्कृय नभएको र मिति २०८२/०२/२७ राती ८ बजे स्थानीय जनप्रतिधिनिको रोहोवरमा अभिनास बोहराले आफ्नो अनैतिक शाररीक सम्बन्धको गल्ती स्वीकार गरी आयन्दा यस्तो गल्ती गर्ने छनै भनि स्थानीय देवताको थानमा अविनास बोहारा र गिता साउद थापालाई घुमाई मिलापत्र गरिको जनाएको छ ।

२०६२/०२/२८ गते दिनको विहान गिता साउदले निजको श्रीमान तिलक थापालाई बलत्कारको मुद्दा चलाएको हुदा निज तिलक थापा निर्दोष भएको हुँदा निजको न्यायका लागि र अपराधिको छानविन गर्नको लागि तपशिलका तथ्यहरुको आधारमा यस नेपाल भोटे जनाजति सेवा संघ तथा सम्पूर्ण भोटे समुदायको तर्फबाट यो ज्ञापन पत्र पेश गरेको व्यहोरा अनुरोध छ ।

परपुरुष सँग अनैतिक सम्बन्ध गरीरहेको अवस्थामा निज तिलक थापाले देखेपछि नियन्त्रणमा लिने क्रममा भाग दौड गर्दा चोट लागेको भएपनि तिलक थापाले त्यसरी कुटपिट गरेको भन्ने आरोप झुटा भएको । २०६२ साल जेठ २७ राति ८ बजे अविनाश बोहरा र गिता साउद थापा अनैतिक शाररिक सम्बन्ध स्वीकार गरी स्थानीय जनप्रतिधि केशर बहादुर शाही र सुकुमबासी आयोग बाजुराको सदस्य शिव बोहरा लगायतका व्यक्तिहरुको रोहवरमा मिलाएको र सोही राती मिलोमतोमा भएको शाररिक सम्बन्ध भएको लाई बलत्कारको रुपमा आरोप लगाई मुद्धा दर्ता गरेको छ ।

२०८२ / ०२ /२८ गते विहान प्रमाणको रुपमा रहेको स्मार्ट फोन निज गिता साउदले फुटाएर टुक्राटुक्रा पारेको छ । यस घटना हुनुमा मुख्य जिम्मेवार व्यक्ति अभिनास बोहरा लाई किन अनुसन्धानको दायरामा आज सम्म पनि नल्याएको र यस घटनामा मुख्य दोषि बनाई निज प्रतिवादी तिलक थापा हिराशतमा भएको र निजको ससुरा साहाराको लागि अन्य आफ्तको घरमा भएको अवस्थामा बादी गिता साउद थापा घरमा गई प्रहरीकै अगाडि घरको ढोका फुटालि बस्तुभाउ सरसामान बेचबिचन गरी रहेकोले मुद्धा चलिरहेको अवस्थामा कानुनिक रुपमा यस्ता कार्य गर्न पाउने कि नपाउने माग राख्दै जिल्ला प्रशासन बाजुरालाई ज्ञापनपत्रसमेत बुझाएको नेपाल भोटे जनजाती सेवा संघ बाजुराले जनाएको छ ।

कमेन्टहरु