मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

नेपाली काँग्रेस बाजुरा द्वारा ५६ हजारभन्दा बढी अग्नी पिडतिलाई सहयोग

उमेश रोकाया
२०८२ असार ५ | मध्यान्ह ०६:०३ बजे

बाजुरा, असार ५ । नेपाली काँग्रेस बाजुराले बाम्का बजारका आगलागी पिडतिलाई सहयोग गरेको छ । नेपाली काँग्रेस बाजुराले बुढीगंगा नगरपालिका वडा नं ६ बाम्का बजारका आगलागि पिडीतका लागि राहात स्वरुप ५६ हजार ८ सय २० रुपैँया सहयोग गरेको हो । गत जेठ २३ गते बाम्का बजार स्थित नवदुर्गा होटलमा ग्यास सिलिण्डर पड्किएर भिषण आगलागि भएपनि करोडौँको क्षती भएको थियो ।

यस अघि सबैलाई आगालागि पिडीतको पुर्नस्थापनाका लागि आह्वान गरेको काँग्रेस बाजुराले पिडीतलाई थोरै भएपनि राहात होस् भनि नेपाली काँग्रेस बाजुराका पार्टी सभापती रामसिंह रावल, उपसभापती पदम बडुवाल लगायतका नेताहरु बिहीबार आफै पुगेर राहात पिडीतलाई हस्तान्तरण गर्नुभएको हो ।

बाम्का बजारका आगलागि पिडीतका पुर्नस्थापनाका विभिन्न पार्टी, सरकारी तथा गैरसरकारी संघ संस्थाहरु, स्थानिय व्यापारी उद्योग वाणिज्यसंघले विभिन्न माध्यामबाट राहात संकलन तथा वितरण गरिरहेका छन् । बुढीगंगा नगरपालिकाले राहात कोष स्थापना गरेको छ भने बाजुराका नौ वटै पालिकाले सक्दो सहयोग गरेर पिडीत पुर्नस्थापनामा लागिरहेका छन् ।

कमेन्टहरु