घटना

स्विमिङ पुलमा डुबेर रुपन्देहीमा एक जनाको मृत्यु

नवलपुर टुडे
२०८२ असार ४ | मध्यान्ह ०७:०३ बजे

बुटवल । रुपन्देहीमा स्विमिङ पुलमा डुबेर एक जना भारतिय नागरिकको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थित स्विमिङ पुलमा डुबेर मृत्यु भएको हो ।

बुधबार दिउँसो सिद्धार्थनगर नगरपालिका- १ स्थित अको पार्क(स्विमिङ पुल) मा पौडी खेल्ने क्रममा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी (डिएसपी) सुरज कार्कीले बताए ।

कमेन्टहरु