मितेरी सहकारीका अध्यक्ष भण्डारी कम्बोडियाको प्रहरीद्वारा पक्राउ

नवलपुर टुडे
२०८२ असार ३ | मध्यान्ह ०६:०३ बजे

काठमाडौं । मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाको प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम ठगीपछि उनी फरार थिए । तर, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले उनी कम्बोडिया पुगेको खुलेपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जानकारी दिए ।
उनीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । उनीसँगै ज्योति गुरुङसमेत फरार छन् । ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रुपैयाँ अपचलनपछि उनी फरार थिए । उनलाई कम्बोडियाबाट नेपाल ल्याउने तयारी भएको छ ।


















