रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

नवलपुर टुडे
२०८२ असार ३ | मध्यान्ह ०६:०३ बजे

काठमाडौँ । रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाडन आदेश गरेका हो । तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । सोमबार राप्रपाका महामन्त्री धवल शमशेर जवरा पनि ३ लाख धरौटीमा रिहा भएका थिए ।
मिश्रविरूद्ध सरकारले राज्य विरूद्धको कसूर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसूरमा सजाय हुन मागदाबी लिएको थियो । मुद्दामा ६१ जना प्रतिवादी बनाइएका थिए । यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि काठमाडौँ जिल्ला अदातले तीन लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।























