मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामीकार्तिक जोड्ने मोटरेवल पुल निर्माणका लागि २ करोड बजेट विनियोजन


बाजुरा, असार ३ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक संजालमा जोड्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले सुईजिउला–पिलुचौर मोटरेवल पक्की पुल निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा स्वामीकार्तिक खापर गाउँपालिकाको सईजिउला र जगन्नाथ गाउँपालिकाको पीलुचौर कर्णाली मोटरेवल पक्की पुल निर्माण गर्नका लागि २ करोड बजेट विनियोजन गरेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए ।
प्रदेश बाट प्रस्तावित काम्ति स्टिल ब्रिज ३ पटक टेण्डर गर्दा पनि भौगोलिक कठिनाईका कारणले बन्न नसकेको र स्वामिकार्तिक खापर गाउँपालिका ४ वाई बाँधुमा बन्ने पक्की पुल पनि बन्न कठिन भएको हुदाँ गाँउपालिका लाई सडक संजाल संग जोड्नका लागि प्रदेश सरकारले २ करोड बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।























