देश

सिरहामा कल्याणपुरमा दलित महिलालाई मरणासन्न गरी कुट-पिट

जगत ठाडा मगर
२०७८ साउन १० | मध्यान्ह ०८:०४ बजे

सिरहा । सिरहा कल्याणपुर वडा ३ की एक दलित महिलालाई घरभित्र पसेर अभद्र व्यवहार गर्दै मरणासन्न गरी कुट-पिट गरेका छन् । कल्याणपुर नगरपालिकाको निलम्बित मेयर सूर्यनाथ मण्डलका छोरासहितको समुहले शुक्रबार राती ११ बजेको समयमा दलित महिलामाथि अभद्र व्यवहार गदै मरणासन्न गरी कुट-पिट गरेका हुन् ।

कल्याणपुर नगरपालिका वडा ३ की ४० वर्षीय सितादेवी महरा र उनलका १८ वर्षीय छोरा जितेन्द्र महरालाई कुट-पिट गरेका थिए । निलम्बित मेयर सूर्यनाथ मण्डलको कान्छो छोरा दिनेश मण्डल र मेयरका भाई विषुन मण्डलको छोरा राकेश मण्डलसहितको समूह जाँडरक्सी सेवन गरी सुनियोजित रुपमा कुट-पिट गर्ने मनसायले दलित बस्तीमा पुगेका थिए ।

दलित बस्तीमा पुग्नु अगावै दिनेशको समूहले दलित महिलाको घर आँगनमा माटो र पत्थर फँयाकी जथाभावी गालीगलौज गरी कुट-पिटमा उत्रिएका थिए । ११ बजे राति घरमा आएर मेरो आमालाई चमिनी तलाई कसले काम दिन्छ भन्दै फोहोर शब्दमा गालीगलौज गर्दै घिसारीघिसारी कुट-पिट गर्ने थालेपछि किन कुटपिट गरेको भनेर प्रश्न गर्दा उल्टो आफुलाई पनि कुट-पिट गरेको छोरा जितेन्द्र महराले बताए ।

घाईते आमा र छोराको उपचार युनिक मोडल अस्पताल कल्याणपुर ११ स्थित उपचार भइरहेको छ । घाईते जितेन्द्र महराले आफुहरुलाई घरमा कुट-पिट गर्दा कल्याणपुर ईलाका प्रहरी कार्यालय फोन गर्दा समेत कुनै पहल नगरेको उनले गुनासो गरे । ‘न्याय दिने निकाय पनि पावर र पैसाको पछि लागेर होला, मैले समयमै खबर गरेपनि घटनामा प्रहरीले कुनै चासो देखाएन्,’ जितेन्द्रले भने, ‘ हामीमाथि अन्याय भयो, न्यायको लागि आवाज उठाइदिनुहोस् ।’

घाईते जितेन्द्र महराको बुवा ट्रयाक्टर चालकको रुपमा काम गर्छन् । सितादेवी महराका श्रीमान कृपाल महराले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गरेका छन् । दलित अधिकारकर्मी तथा दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले दलित महिलामाथि गरेको अभद्रव्यहार र कुट-पिट गरेको घटनालाई सुक्ष्म तरिकाले छानविन गर्नु पर्ने बताए ।

महराले पद पैसा र पहँचको आधारमा कसैलाई छुटदिनु हुँदैन मानव अधिकारको उल्लंघनका घटनामा प्रहरी प्रशासनले समयभित्र गम्भिरतापूर्व पिडितको उपचार र न्यायदिनु पर्ने बताए ।

कमेन्टहरु