बिनयी खोलाको डाईभर्सन बगायो, राजमार्ग पुर्णरुपमा अबरुद्ध

नवलपुर टुडे
२०८२ असार ३ | बिहान १०:०३ बजे

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा सवारी आवागमन बन्द गरिएको छ ।
गएराति (असार २)देखिको वर्षासँगै खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको सडक डिभिजन भरतपुरले जनाएको छ। उक्त स्थानमा एक्साभेटर र टिपर प्रयोग गरी काम गरिँदै छ । केही घण्टाभित्र सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा ल्याइने सडक डिभिजनले जानकारी गराएको छ ।
त्यस स्थानमा बाढीले डाइभर्सन बगाउँदा पटक–पटक बाटो अवरुद्ध भएको छ ।























