प्रबास, बिश्व, राजनीति, विश्व, समाज
नेपाल एसोसिएसन- एनआरएनए एनसिसी युएईको २०२५-२०२७ कार्यकालका निम्ती अध्यक्ष पदमा वाग्ले उम्मेदबारी दिएका छन |

प्रवास यूएई/ नेपाल एसोसिएसन- एनआरएनए एनसिसी युएईको वर्तमान महासचिव भूवन कूमार वाग्ले हूनूहून्छ र आगामी २०२५- २०२७ कार्यकालको लागि स्वाभाविक रूपमा अध्यक्ष पदका उम्मेदवारी सामाजिक संजाल मार्फत प्रेसित गर्नूभएको छ । वहाले आफ्नो आधिकारिक उम्मेदवारी यही २९ जून २०२५ का दिन वहांको जन्मदिन पनि रहेकोले एक समारोहवीच घोसणापत्रसहित सार्वजनिक गर्नूहूने वहांले वताउनूभएको छ । सबल आत्मनिर्भर समावेशी नेतृत्व र श्रमिकहरूवीचको प्रिय संस्था बनाउने र नेपालीहरूको आफ्नै मल्टीपर्पोज सामूदायिक भवन निर्माण गर्ने लगायतका विविध एजेन्डा सहित आफ्नो उमेदवारीको निम्ति परामर्श र भेटघाट तीब्र बनाएको वहाले बताउनूभयो ।
करिब ५ बर्षको छोटो यूएई वसाईमै वाग्ले नेपाली समुदायबीच सामाजिक उत्तरदायित्व, सहयोग, र नेतृत्वदायी योगदान मार्फत परिचित छन्। धनकूटा जिल्ला धनकूटा नगरपालिका ४ स्याउलेमा २०३६ असार १५ गते जन्मिएका उनले त्रिभुवन युनिभर्सिटीबाट (TU) २०६० सालमा अंग्रेजी बिषयमा एमए उत्तीर्ण गरे काठमाडौ विश्वविध्यालयवाट एमफिल ईंग्लिश ल्यांगवेज एजूकेसन, र Bolton University UK वाट PDHM (Equivalent To MBA) Dubai KHDA Certified डिग्री हासिल गरेका छन । उनको परिवारमा उनको श्रीमती सहीत २ जना छोरीहरु छन्। नेपालमा १० वर्ष अंग्रेजी बिषयमा शिक्षक (शिक्षण) पेशा सहीत ८ वर्ष शैक्षिक नेतृत्व गरेका छन भने शिक्षक तालिमका राष्ट्रीय TOT प्रशिक्षक भएर कार्य गरे ।
कोभिडका कारण गरिरहेको व्यवसाय धरासायी भएपछि सन २०२१ मार्च बाट उनी यूएई स्टूडेन्ट भिसा आएर सन २०२१- २०२२ सम्म रियल स्टेट एजेन्टको रुपमा कार्म गरे भने सन २०२२- २०२४ सालसम्म HR Executive भई दूबईको अर्धसरकारी प्रतिस्ठित कम्पनी Imdaad LLC मा सन् २०२४- २०२५ सम्म, बिजनेस डेभलपमेन्ट म्यानेजर भै ग्रीनलाईन ग्रूपमा र हाल Global Client Relationship Manager को रूपमा Hydrojet Services मा वाग्ले कार्यरत हुनुहन्छ।
वाग्ले राजनीतिक तथा सामाजिक सेवा क्षेत्रमा पनि एकदमै सकृय रही नेविसंघ धनकूटाबाट आफ्नो राजनीतिक पाईला सुरुआत गर्नूभयो । २०५४ देखि २०५६ सम्म नेविसंघका क्याम्पस यूनिट उपाध्यक्ष रहेका वाग्ले २०५७ मा स्नातकोत्तर अध्ययनको क्रममा काठमाडौ आएपछि नेपाल तरूण दलमा आवद्द हूनूहून्थ्यो ।
वि. सं. २०६० मा काभ्रेपलान्चोक जिल्ला कून्तावेसीमा डेडिथूम्का क्याम्पसमा अध्यापन गर्ने क्रममा माओवादी वाट प्रभावित भै सूरक्षा निकायबाट यातना पाएपछि आफ्नो गृह जिल्ला फर्केर माओवादी आन्दोलनमा क्यामोफ्ल्याज रूपमा शहरी मोर्चामा माओवादी आन्दोलनमा लागे । पछि जिल्ला कमिटी सदस्य हूदै बूद्दिजीवी संगठनको केन्द्रीय पदाधिकारी हूदै वि.सं. २०७१ सालमा धनकूटा काठमाडौ सम्पर्क मन्च महासचिव र कार्यवाहक अध्यक्षको रूपमा काम गर्नूभयो । बिभिन्न संस्थामा समेत आबद्ध रहँदै आउनु भएको वहां अंग्रेजी शिक्षकहरूको संस्था NELTAको National TOT Trainer of English Language Teaching र आजीवन सदस्य, Matribhumi Lions Club Baluwatar को संस्थापक सल्लाहकार, Volunteers Vnd Research Foundation Nepal VRFN का संस्थापक बोर्ड अफ डाईरेक्टर रहनूभयो । Counsellor Motivational Speaker Teacher Trainer रहदै सामाजिक र राजनितिक एवं पेशागत काममा व्यस्त रहेका थिए । खाली नवस्ने, कितावको पाना जस्तो खूला व्यक्तित्व , सबैसंग मिल्ने तर दलाल र फटाहालाई देखि नसहने स्वभावका उनी समाजमा छिटै घूलमिल हूने र सकारात्मक सोचका धनी बौद्दिक व्यक्तित्व उनी नेपाल र यूएईमा लोकप्रिय छन ।
कोभिडको दोस्रो प्रकोपको समय यूएई आएपछि पढाई संगसंगै उनी एनआरएनए अभियानमा लागे । साधारण सदस्य रहदै NCC 2021/23 Tenure President Thakur Prasad Dhungana Office. को डकूमेन्ट कन्ट्रोलर हूदै यूएईको नेपाल एसोसिएसनका महासचिवमा कार्यरत छन । कैयौ पूराना अभियन्ताहरू हूंदाहूदै उनको तीक्ष्ण बूद्दि, काम गरेर नथाक्ने र भाषागत र कार्यक्रम सन्चालनको अदितीय कला भएका उनलाई सिधै महासचिवमा नियूक्त गरिएको थियो । दूबईमा नेपाली राजदूतावासको कन्सूलर कार्यालय ल्याउन नेपाली राजदूतावाससंग मिलेर नेतृत्वदायी भूमिका खेलेका उनी अब अध्यक्षको तयारीमा छन र यूएईका आम जनसमूदायले उनीमाथि आशा भरोसा गरेका छन भने गलत गतिविधि गर्नेहरूको सातो उडेको जानकारहरू वताउछन ।
यस कार्यकालमा उनले संस्थाको समन्वयात्मक भुमिका खेलेर अध्यक्ष बिकास शाहीको यो कार्यकाललाई सफल वनाउन विभिन्न सामाजिक कार्यक्रम, श्रमिक सहायता अभियान, र युवा सशक्तिकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।
“नेतृत्व भनेको पद हैन, यो जिम्मेवारी हो। म संस्थालाई पारदर्शी, समावेशी र सबै यूएईवासी नेपालीको साझा थलो बनाई नेपाली समूदायको पहिचान र ईज्जत उच्च बनाउन लागिपर्न चाहन्छु।”यूएईमा ठगी र दलालीमा संलग्नहरूलाई यूएई र नेपाल सरकारको समन्वयमा संस्थाको वकिल नियूक्त गरेर कानूनी कारवाही तीब्र बनाउने, मृतकहरूले पाउने ब्लडमनी क्षतिपूर्ति दिलाउने र ससाना कारणले जेलमापरेका नेपाली कैदी छूटाउने र नेपाली समूदाय र आम श्रमिकहरू लक्षित प्रभावकारी कार्यक्रमहरू लागू गर्ने कूरा उनले वताए । उनको उम्मेदवारीले यूएईमा रहेका लभगभ ७ लाख नेपाली श्रमिक, व्यवसायी, विधार्थी तथा पेशाकर्मीहरूबीच सकारात्मक प्रतिक्रिया दिएका छन र आशाको नजरले हेरेका छन । वाग्लेले अबको कार्यकालमा निर्वाचित हूने लगभग पक्का जस्तै छ भनि सरोकारवालाहरू वताउंछन । विश्वका ९० देशका एनआरएनएका पदाधिकारी तथा केन्द्रीय अभियन्ताहरू संग परिचित र विचारले माओवादी भएपनि वहांको नेपालका सबै पार्टीका उच्च तहका प्राय नेताहरूसंग ब्यक्तिगत सम्वन्ध रहेका उनको नेतृत्व अभियानले संस्थालाई नयाँ दिशा र ऊर्जाशील नेतृत्व दिने अपेक्षा गरिएको छ।























