मदन भण्डारी माबिको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा तोपबहादुर राई चयन


सिरहा । सिरहास्थित मदन भण्डारी माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमा तोपबहादुर राई चयन भएको छ ।

साविक गाउँविकास समिति विष्णुपुरकटी ३ हाल धनगढीमाई १४ मा रहेको मदन भण्डारी माविमा आज (आइतबार) करिब ११ बजेको समयमा बिद्यालयको सभाहलमा आयोजित कार्यक्रममा स्थानिय बुद्धिजीवी तोपबहादुर राईको अध्यक्षतामा बसेको बैठकले बिद्यालयको विविध प्रस्तावमाथि छलफल गरी विद्यालय व्यवस्थापन समितिको गठन गरेको छ ।
नवगठित पदाधिकारीहरुको नामावली क्रमश : अध्यक्ष – तोपबहादुर राई, सदस्य – घमन्ड कुमारी शाही, सदस्य, जल कुमारी राई, वडा अध्यक्ष – ठरेन्द्र राई, सदस्य – लक्ष्मी रसाइली, सदस्य – देवेन्द्र सुनुवार, सदस्य – उदय बहादुर कार्की, शिक्षक प्रतिनिधि – रेखा कुमारी राई, सदस्य सचिव – महेश्वर प्रसाद मण्डल चयन गरिएको छ ।
विद्यालयको कामलाई पारदर्शी किसिमले अगाडी बढाउन सफतापूर्वक काम गरिरहेका प्रधानअध्यापक महेश्वर प्रसाद मण्डल र सह प्रधानाध्यापक रेखा कुमारी राईले विद्यालयमा गरिरहेको योगदानको कदर गर्दै चौतर्फी प्रंशशा गरेका थिए ।
विद्यालयको हरेक समस्यालाई मध्यनजर गर्दै विद्यालयलाई मावि चलाउन विशेष पहली भूमिका निभाएका शिक्षक द्धय मण्डल र रेखा कुमारी राई बिद्यालयको लागि नमूना पात्र मानिन्छ ।






















