देश, प्रबास, बिश्व

संयुक्त अरब इमिरेट्सको मेट्रो यातायात सम्बन्धी महत्त्वपूर्ण जानकारी ।

कबिराज राजबंशी
२०८२ असार १ | मध्यान्ह १२:०३ बजे

तपाईं दुवई घुम्न वा काम गर्न आउँने सोचमा हुनुहुन्छ?IMG 20250606 094648 scaled

कविराज राजवंशी प्रवास यूएई/ तपाईको लागि एकदमै आवश्यक जानकारी लिएर तयार पारेको यो न्युज आर्टिकल हो। संयुक्त अरब इमिरेट्स को (RTA) ROAD TRANSPORT AUTHORITY नर्मली public ले यातायात प्रयोग गर्ने मेट्रो रेल को बारेमा यो महत्त्वपूर्ण जानकारी, युएई खाड़ी मुलुकहरु मध्ये एक आर्थीक रुपमा सम्पन्न मात्र नभई सौंदर्यताले भारीभराउ भनेको एक उत्कृष्ट राष्ट्र हो।

dubai tram map

 जहाँ १९२ भन्दा बढी मुलुकका मानिस आफ्नो कर्मथलो बनाउँदै आएको छ। साथै वर्षमा करोडौँ पर्यटक यात्रि भ्रमण गर्न आउँने गर्दछन । दुवई राज्य युएई को एक चर्चित विकसित सहर हो जसमा यात्रा गर्न सामान्यता RTA बस र मेट्रो प्रयोग गरिन्छ । मेट्रो दुवई राज्य भित्र सितिम छ, दुबईमा मेट्रो ३ प्रकारका छन्। १. Red Line, २. Green Line ३. Dubai metro or Metro NB अधिकांश रूपमा सर्वसाधारणले प्रयोग गर्ने Red And Green Line Metro हो जसमा Red Line Center Point देखी UAE EXCHANGE वा CenterPoint देखि Expo 2020 गरि २ रूटमा चल्ने गर्दछ। त्यसैगरी Green Line को रूट रहेको छ Etisalat&en metro स्टेसनदेखि Creek Metro station र Green Line and Red Line दुई ठाउँमा Interchange हुन्छ । जसमा एउटा Burjuman metro र अर्को Union Metro station रहेको छ।IMG 20250606 094652 scaled IMG 20250606 094610 scaled

जति Dubai अधिराज्य अन्तर्गत RTA Root रुटमा जम्मा ७ zone छुट्याएको छ। दुबईमा ट्राभल गर्न आवश्यक पर्ने एउटा महत्तवपूर्ण Card हुन्छ । त्यो कार्डलाई NOL कार्ड भनिन्छ। तपाईँले त्यो कार्डमा अनलाइन र अफलाईन दुवै माध्यमबाट रिचार्ज गर्ने सक्नुहुनेछ । यात्रा गर्दा NOL card मा न्यूनतम रकम ७.५ दिराम हुनैपर्छ । यदी न्यूनतम मूल्य भन्दा कम रकम तपाईंको कार्ड मा भयो भने २०० दिराम वा नेपाली ८००० सम्म् चार्जको फाइन आउन सक्छ। यात्रा शुल्कको वारेमा भन्नुपर्दा तपाईं १ zone भित्र मात्र यात्रा गर्नु हुन्छ भने ३.५ दिराम हुन्छ यदि १-२ zone भित्र यात्रा गर्नु हुन्छ भने ५ दिराम अनि २- ७ zone भित्र यात्रा गर्नु हुन्छ भने ७.५० दिराम तिर्नु पर्ने हुन्छ। रिचार्ज गर्दा अफलाईन बाट कम्तीमा २० र अनलाईन बाट ३० देखी सुरू हुन्छ । यो चार्ज दुवई Rta bus हरुमा पनि सेम लागू हुन्छ।

थप दुवईमा नयाँ Blue line Metro पनि चाँडै नै सुचारू हुँदैछ । साथै Dubai मा समुन्द्रको बीचमा विश्वकै सबैभन्दा ठुलो मानव निर्मित Palm आइल्याण्ड बनाएको छ । जहाँ यात्रा गर्न Dubai tramp र Palm भित्र जान Dubai NB मोनोरेल प्रयोग गर्न सकिन्छ । Dubai tramp को चार्ज ४ दिराम छ भनें Dubai NB को चार्ज १० दिराम रहेको छ ।IMG 20250606 094638 scaled

Dubai Metro सामान्यता बिहान ०५:०० वजे देखि मध्यरात १२:०० वजे सम्म र शुक्रबार बिहान ५:०० वजे देखि मध्यरात १:०० वजे समम, अनि आईतबार विहान ८:०० वजे देखि मध्यरात १२:०० सम्म सञ्चालन हुने गरेको छ।

 

 

 

 

 

 

 

कमेन्टहरु