सरकारी अस्पतालको व्यवस्थापन पक्ष राम्रो बनाउँछु, कोरोनाक्क खोप पहिलो प्राथमिकता : राज्यमन्त्री श्रेष्ठ


काठमाडौ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोनाविरूद्धको खोप सम्पुर्ण नेपालीलाई लगाउने रहेको बताएका छन्।
उनले सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै खोप व्यवस्थापन नै प्राथमिकतामा रहेको बताए।
‘अहिले खोप व्यवस्थापन गर्नुछ, गरिबलाई स्वास्थ्य सेवा दिनुर्छ, खोप पहिलो प्राथमिकता हो,’ उनले भने, ‘कोरोनाको तेस्रो लहर आउन नदिन म विज्ञहरूसँग कुराकानी गरेर पूर्वतयारीमा जुट्छु।’
श्रेष्ठले नेपाल ल्याइ सकेका कोरोनाविरूद्धका खोप छिटो लगाउने र बाँकी आवश्यक खोप पनि सरकारले आयात गर्ने बताए। काठमाडौं बाहिर पनि कोरोनाविरूद्ध खोप पठाएर व्यवस्थित तरिकाले लगाउन मन्त्रालयले भूमिका खेल्ने उनको भनाइ थियो।
श्रेष्ठले आफू लामो समयदेखि शिक्षा, स्वास्थ्य र खेलकूदका क्षेत्रमा सक्रियता रहेको बताए। ‘स्वास्थ्यको इन्च इन्च समस्या थाहा छ र सरकारी अस्पतालको व्यवस्थापन पक्ष राम्रो बनाउँछु,’ उनले भने।
श्रेष्ठलाई आज प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको सपथ पनि ग्रहण गराई सकेका छन्।






















