देश

आज नेपालमा २२३७ जना संक्रमित, १८ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ साउन १० | मध्यान्ह ०६:०४ बजे

काठमाडौ । नेपालमा दुई हजार २३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८३४ वटा नमूना परीक्षण मध्ये उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यो सँगै कुल संक्रमितको संख्या सात लाख ३४ हजार ७९९ पुगेको छ । मन्त्रालयले थप १८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ७१३ पुगेको जनाएको छ ।

यस्तै हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ५० जना संक्रमणमुक्त भएका हुन् ।

कमेन्टहरु