अपराध

भरुवा बन्दुकसहित एकजना पक्राउ

नवलपुर टुडे
२०८२ जेष्ठ ३१ | मध्यान्ह ०१:०२ बजे

दाङ । दाङको बंगलाचुली गाउँपालिका–३ लेखटापामा अवैध हातहतियार राखेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय लुम बहादुर रावत रहेका छन् ।

जेठ २९ गते करिब साँझ ४ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले रावतको घर खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको १ नाले भरुवा बन्दुक फेला पारेको हो ।

प्रहरीले रावतलाइ नियन्त्रणमा लिएर दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

कमेन्टहरु