अपराध

नवलपुरमा ९० वर्षीय ज्येष्ठ नागरिकले आफ्नी ७६ वर्षीया श्रीमतीलाई रड प्रहार गरी हत्या

नवलपुर टुडे
२०८२ जेष्ठ ३० | बिहान ०९:०२ बजे

नवलपुर । देवचुली नगरपालिका ३ आम्बासमा एक ९० वर्षीय ज्येष्ठ नागरिकले आफ्नी ७६ वर्षीया श्रीमतीलाई रड प्रहार गरी हत्या गरेका छन् । स्थानीय बासिन्दाका अनुसार ९० वर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती ७६ वर्षीया जमुना थापालाई टाउकोमा रडले प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटना भएको पुष्टि गर्दै थापाले श्रीमतीको हत्या गरेको स्वीकार गरेको बताए । तथापि उनले घटनाको अनुसन्धान भइरहेकोले अहिले नै यसै भन्न नसकिने बताए । हत्या गरिएको आरोपित दिलबहादुर थापा प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रहरी उपरीक्षक ढकालले भने, ‘म आफैँ घटनास्थलतर्फ जाँदै छु । आरोपित हाम्रो नियन्त्रणमा छन् । उनले घटना स्वीकार गरेका छन् । अनुसन्धान भइरहेको छ ।’ जमुना थापाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकका छोरा चित्रबहादुर थापाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

कमेन्टहरु