युएईमा DNIG ले श्रमिकको समस्याको बिषयमा बृहत् छलफल अन्तरक्रिया तथा ग्रुप विस्तार कार्यक्रम सम्पन्न गरें ।


कविराज राजवंशी प्रवास यूएई/ Dubai Nepalese Influential Group-DNIG द्वारा ७ जुन २०२५ को दिन युएईको आबुधाबी शहरको INSTA NEPALI RESTAURANT मा DNIG Meetup Program सम्पन्न भयो।

युएईको दुवई राज्य जस्तै आबुधाबी राज्यमा छरीएर रहेका समाजसेवी, बुद्धिजीवी, अनुभवि, प्रोफेसनल, दक्ष, अदक्ष लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आबद्ध गराउने DNIG Group मा सकृय भएर समाजिक कार्यमा सधैँ अग्रसर हुने उद्देश्यले DNIG Meetup Program भएको हो ।

प्रदेश मा कार्यरत नेपालीहरू भोग्दैं आएका समस्या, अकुशल कार्य क्षमता र तिनका समाधानको विषयवस्तु सँग सम्बन्धीत रहेर बृहत अन्तरक्रिया भएको थियो। यो Meetup Program बाट सकारात्मक निष्कर्ष आएको छ, कि छिटै नै DNIG आबुधाबीमा पनि एकता बद्ध रूपमा सक्रिय हुनेछ।
जस कार्यक्रमको उद्घोषक रोशन घलान ज्यूले गर्नु भएको थियो । युक्त कर्यक्रममा Core Member, Executive Members, DNIG Members लगायत New Member हरु गरी ५०-६० जना नेपालीहरूको उपस्थिती रहेको थियो। भन्ने कुरा को जानकारी DNIG को मेम्बर दिपक राज गिरीले दिनु भएको छ।























