पूर्वप्रधानमन्त्री दाहालले गरे ‘प्रचण्ड कप भलिबल’ को उद्घाटन

नवलपुर टुडे
२०८२ जेष्ठ २७ | मध्यान्ह ०६:०२ बजे

पोखरा । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता- २०८२’ को उद्घाटन गरेका छन्।
पोखरामा आयोजना गरिएको उक्त प्रतियोगिता देशभरका विभिन्न भलिबल टोलीहरू सहभागी हुँदैछन् ।
उद्घाटन समारोहमा दाहालले खेलकुदले राष्ट्रिय एकता, अनुशासन र युवाहरूको विकासमा सकारात्मक भूमिका खेल्ने बताए। साथै, उनले यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा नयाँ प्रतिभा उजागर, महिला सशक्तीकरण गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।























