देश

यातायात व्यवसायीले सरकारलाई बुझाए आफ्नो सवारीको ‘चाबी’

जगत ठाडा मगर
२०७८ साउन १० | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै सरकारलाई आफ्नो सवारीको चाबी बुझाएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले भने `हामीले विभिन्न सात बुँदे माग अघि सारेका थियौँ तर मागको सम्बोधन नभएपछि चाबी बुझाएका हौँ,’

चाबीसँगै बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएम ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिन माग गरिएको छ ।

त्यस्तै कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने पनि यातायात व्यवसायीहरुले माग गरेका छन् ।

कमेन्टहरु