जसपाका अध्यक्ष उपेन्द्र यादव र विप्लवबीच भेटवार्ता

जगत ठाडा मगर
२०७८ साउन १० | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले आइतबार भेटवार्ता गरेका छन् ।
यादवको निवासमा विप्लवसँगै उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मासमेत पुगेका थिए । अघिल्लो हप्तादेखि विप्लवले विभिन्न दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।
विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा एमालेका नेता रामबहादुर थापा बादल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग भेटवार्ता गरि सकेका छन् ।























