कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराका किसान धान रोप्न व्यस्त


बाजुरा ,जेठ २६ । बाजुराका अधिकाशं किसान धान रोप्न व्यस्त रहेका छन । यहाँका बुढीगङ्गा, बडिमालिका , त्रिवेणी नगरपालिका , गौमुल, छेडेदह, हिमाली ,जगनाथ , स्वामिकार्तिक खापर गाउँपालिका लगायतका किसानहरु धान खेती गर्न व्यस्तता रहेका छन् ।
धान खेतीले यहाँका किसानकाे जिविकाेपार्जनमा निकै सहज बनाउँदै गएको छ । अहिले यहाँका किसान धान खेती व्यवसायिक रुपमा गर्दै आएका छन ।
गाउँमा धेरै जस्तो पहिलोको भन्दा धान उत्पादन कम हुँदै गएकोछ । अरु अन्नबाली हाराहारी भन्दा बढी धान लगाउने गरेको छ । कुनै ठाउँमा धान राम्रो उत्पादन हुँदैन । हिमाली गाउँपालिका -५ किसान बिमला मलालले बताउछिन् ।
यहाँका किसानले जेष्ठ र असार महिना रोपिएको धान असोज कार्तिकको महिनामा काट्ने गर्छन् । पहिला यहाँका किसानले गाउँमा धान उत्पादन गरेको भन्दा अहिले घट्दै आएको छ । गाउँ घरमा धान लगाएको चामलको भातलाई अर्गानिक खाना भन्ने पनि प्राय बाहिरको चामल किनेर खाने गरेको छ ।
जेठ महिना लागे लगत्तै किसान धान रोप्न लागेका छन । गाउँ अनुसार कसैले साउन महिनासम्म धान रोप्ने चलन रहेकोे छ । हावापानी अनुसार कोही छिटो कोही ढिलो तरिका धान खेतीपाती गर्ने गरेको छ ।























