कतारमा मैथिली गायक सन्नु कुमारलाई सम्मान

रामएकवाल राम
२०८२ जेष्ठ २६ | मध्यान्ह ०७:०२ बजे

दोहा । कतारमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका मैथिली गायक सन्नु कुमार मण्डललाई जय मा जानकी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व वक्र ईदको अवसरमा रामी प्रोडक्सन ईन्टरनेशनलद्वारा आयोजित म्युजिकल हङ्गामा २०२५ मा सहभागी हुन आएका गायक सन्नु कुमारलाई दोहामा सम्मान गरिएको हो ।
शनिबार लालिगुरासको रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष लालबाबु साह, मधेसी एकता समाज कतारका शिव कुमार महतो तथा मधेशका विभिन्न संघ संस्थाले खादा ओढाई सम्मान गर्नुका साथै संस्थाका तर्फबाट सम्मान पत्र सहित मायाको चिनो प्रदान गरेका थिए ।


















