जिल्ला खेलकुदद्धारा चितवनका प्रहरी प्रमुखलाई स्वागत तथा खेल सामग्री सहयोग


चितवन । चितवन जिल्ला खेलकुद बिकास समितिले चितवनका नयाँ प्रहरी प्रमुखलाई स्वागत गरेको छ । समितिले आज (सोमबार) प्रहरी प्रमुख एसपी गोविन्द पुरीलाई स्वागत गरेको हो ।
एसपी पुरीकै कार्यकक्षमा एक कार्यक्रमकाबीच समितिका अध्यक्ष राजन कार्की र सचिव रामजी ढकालले स्वागत गरे । सो अवसरमा अध्यक्ष कार्कीले एसपी पुरीको चितवन कार्यकालको सफलताको कामना गरे ।
यस्तै सोही कार्यक्रमकाबीच खेलकुद बिकास समितिले जिल्ला प्रहरी कार्यलय चितवनलाई खेल सामग्री सहयोग गरेको छ । समितिले प्रहरी कार्यालयलाई फुटबल, भलिवल, टेबल टेनिस, ब्याटमिन्टन क्रक र जाली सहयोग गरेको हो । उक्त सामग्री समितिका अध्यक्ष कार्कीले एसपी पुरीलाई हस्तानतरण गरे ।
कार्यालयका प्रहरीहरुलाई खेल खेल्ने वातावरण बनाउन खेल सामग्री सहयोग गरिएको कार्कीले बताए । एसपी पुरीले उक्त खेल सामग्रीले कार्यालयका प्रहरीहरुलाई विभिन्न खेल खेल्न सहज हुने बताए । उनले प्रहरी कार्यालय भित्र खेल खेल्नका लागि आवश्यक संरचना निर्माण एवं मर्मतको काम भइरहेको पनि बताए ।























