देश

थामी मातृभाषाको पाठ्यपुस्तक तयार, अब सबै बिद्यालयमा संचालन हुने

जगत ठाडा मगर
२०७८ साउन १० | बिहान १०:०४ बजे

काठमाडौ । नेपाल थामी समाजबाट इतिहासमै पहिलो पटक यो एउटा प्रयास भएको छ । थामी मातृभाषाको कक्षा-१ को पाठ्यपुस्तक तयारी गरेको छौं ।

देशभरका थामी वस्तिहरू मध्ये अलि घना बस्ति तथा ठाउँहरूमा आगमी शैक्षिक सत्र(२०७९ बैशाख)देखि पठनपाठनको शुरूवात गर्ने/गराउने गरि स्थानिय सरकार (गाउँपालिका/नगरपालिका/वडा) र विधालयहरूसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने योजना छ ।

यस पुस्तकलाई अझै पनि आवश्यक परिमार्जन गर्नुपर्ने हुन सक्छ । यसको लागि हामी आगमी शैक्षिकसत्रको शुरूवातसम्म विभिन्न चरणहरूमा छलफल राख्ने छौं । पुस्तकको अन्तिम रूप दिन र निकट भविष्यमै विभिन्न विधालयहरूमा पठनपाठन शुरूवात गराउन यहाँहरू सबैको साथ, सहयोग, सल्लाह, सुझावहरूको आवश्यकता रहनेछ । -पुस्तकको आवरण चित्र: चन्द्रसागर श्रेष्ठ

कमेन्टहरु