तस्कर

सरावलबाट अबैध चिनी र पिकअपसहित चालक नियन्त्रणमा

नवलपुर टुडे
२०८२ जेष्ठ २५ | मध्यान्ह ०७:०२ बजे

परासी । पश्चिम नवलपरासीबाट चिनीसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिईएको छ । आइतबार जिल्लाको सरावल गाउँपालिका- ६ मधवलियास्थित भित्री सडक खण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा चिनी लोड गरि ल्याएको लु १ ज ३३६३ नम्बरको पिकअप गाडीसहित चालकलाई नियन्त्रणमा लिईएको हो ।

सो पिकअप गाडी प्रतापपुर गाउँपालिका- ३ नन्दपुर बस्ने बर्ष २८ को जितेन्द्र कोहारले चलाएको प्रहरी जानकारी दिएकोछ । गाडिमा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरि ल्याएको ३५०० केजी चिनी फेला परेको छ । जसको बजार मुल्य अन्दाजी रु. १,७५,०००/- अक्षरुपी एक लाख पचहत्तर हजार बराबर रहेको कार्यालयका सुचना अधिकारी एवम डीएसपी वीर दत्त पन्तले जानकारी दिएको छ ।

बरामद चिनी र पिकअपसहित चालकलाई आबश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको पन्तले बताए ।

कमेन्टहरु