रुपन्देहीमा जलेको अवस्थामा युवतीको शव फेला

नवलपुर टुडे
२०८२ जेष्ठ २५ | बिहान १०:०२ बजे

रुपन्देही । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा एक युवती जलेको अवस्थामा मृत भेटिएकी छन् । गाउँपालिकाको वडा नम्बर ५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सृजना पाल जलेको अवस्थामा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
छिमेकीले राति साढे १ बजेतिर खेतमा आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए। मुस्लोमा शव रहेको स्थानीयले बताएका थिए। खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली बिहान २ बजे त्यहाँ पुगेको थियो।
मृतकका श्रीमान् र परिवारका सदस्यसहित स्थानीयलाई सोधपुछका लागि बोलाइएको प्रहरीले बताएको छ।























