राजधानी बाहिरका धेरै बिरामीको ज्यान बचाउन चितवन मेडिकल आएँ : डा. आचार्य


चितवन । दश वर्ष काठमाडौंको गंगालाल हृदयरोग केन्द्र र तीन वर्ष काठमाडौंकै मेडिसिटी हस्पिटलमा तीन हजारभन्दा बढी मुटुको शल्यक्रिया गरिसक्नु डा. आचार्यले बंगलादेशबाट एमबिबिएस र एमडिपछि सिंगापुरबाट फेलोसिप गरेका छन् । उनले मेडिसिटी अस्पतालमा प्रमुख कन्सल्टेन्टको रूपमा तीन वर्ष काम गरे ।
सुविधा र बिरामीहरु काठमाडौं नै केन्द्रित रहेका बेला चितवनमा आएर बिरामीको सेवा गर्ने आफूभित्रको उत्कट चाहाना रहेको डा. आचार्यले बताए । उनी भन्छन्, ‘बिरामीहरु भने काठमाडौंभन्दा बाहिरका बढी जाने तर, उपचार भने काठमाडौंमा मात्रै केन्द्रित हुँदा निकै समस्या भएको अनुभूति मैले गरें, चितवनमा आएर उपचार गर्ने निधो गरे ।’चितवन मेडिकल कलेजमा विगत ८ बर्षदेखि नै कार्डियोलोजी सेवा निरन्तर चलिरहेकोले पनि कार्डियाक सर्जरी सेवा दिन सहज हुने देखेको डा. आचार्य बताउँछन् ।
गत बैशाखमा चितवन मेडिकल कलेज आएका डा. आचार्यले यो बीचमा कोभिड महामारी चलेकोले बिरामीहरुको अप्रेशन गर्न नसकिएको बताए । तर, कोभिड समयमा पूर्वाधार, जनशक्तिको व्यवस्थापनमा राम्रो काम भएको बताए ।
मुटुको उपचारका लागि चितवन छाडेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य अब भएको डा. आचार्य बताउँछन् । ‘रहरले जाने एउटा कुरा होला, तर करले वा बाध्यताले चितवन छाडेर अन्यत्र मुटुको उपचारका लागि जानुपर्दैन’ डा. आचार्यले भने, ‘कार्डियोलोजी र कार्डियो थोरासिस् भास्कुलर सर्जरीका लागि अब जानुपर्दैन ।’
सरकारले सरकारी अस्पतालमा दिने मुटु रोगको उपचार सुविधा नीजि अस्पताललाई पनि दिए बिरामीहरु लाभान्वित बन्न सक्ने डा. आचार्यले बताए । ‘१४ वर्ष तलका बालबालिका र ७५ जर्ष माथिका वृद्धलाई गंगालाल र मनमोहन अस्पतालमा मुटुको बाथरोगको शल्यक्रिया निःशुल्क हुन्छ ।
त्यो सुविधा निजीमा पनि दिए बिरामीलाई सहज हुने थियो,’ डा. आचार्यले भने । सरकारले अहिले विपन्नहरुलाई एक लाख रुपैयाँ उपचारमा सहायता गर्दै आएको छ ।























