मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

आगलागी भएपछि बाजुरामा फाइवर नेट सेवा अवरुद्ध

उमेश रोकाया
२०८२ जेष्ठ २४ | बिहान ११:०२ बजे

बाजुरा , जेठ २४ । शुक्रबार दिउसो बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारमा आगलागी भएपछि नेपाल टेलिकमको फाइवर नेट सेवा अवरुद्ध भएको  छ ।

बाम्का बजारको नवदुर्गा होटलमा सिलिण्डर ग्यासबाट आगलागी भएपछि साँफे मार्तडी राजमार्ग हुँदै विस्तार गरिएको नेपाल टेलिकमको फाइवर नेट सेवा अवरुद्ध बनेको हो ।

आगलागीपछि त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिका र सदरमुकामसम्म इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुरा शाखाले जनाएकाे छ ।

टेलिकम शाखाका अनुसार फाइवर इन्टरनेट सेवा सुचारु गर्नका लागि डडेल्धुराबाट प्राविधिकहरुको टोलीलाई खबर गरिएको र आज साँझ सम्म सेवा संचालन हुने भएको छ ।

सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चार माध्यम र सरकारी तथा वित्तिय संस्थाहरुको काम प्रभावित बनेको छ ।

कमेन्टहरु